८ माघ, घोराही – नायक पल शाहलाई हेर्न दाङको घोराहीमा दर्शकहरुको घुईचो देखिएको छ । नेपाल मगर संघ घोराही नगर कार्यसमितिले आयोजना गरेको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलामा नायक शाहलाई प्रत्यक्ष रुपमा हेर्न दर्शकहरुको निकै भिड बढेको थियो । दर्शकहरुको भिडलाई समहाल्न सुरक्षाकर्मीलाई हम्मेहम्मे प¥यो ।
यस्तै उनीसँगै आएका मोडलद्धोय विजय पुन, रुविना अधिकारीको प्रस्तुतिले पनि दर्शको ध्यान तानेको थियो । दर्शको उत्साहजनक उपस्थितीले मेला को चौथो दिनमा भिडभाडको रेकर्ड तोडेको आयोजक समितिका संयोजक बेद बहादुरर बुढामगरले बताउनुभयो ।
यस्तै भोली बुधबार चर्चित गायिका ज्योति मगरको प्रस्तुति रहने भएको छ ।
उनीसंग गायक चक्र बम, राजकुमार वली, डान्सरद्धोय विनिता पुन र उर्मिला घर्ति मगर, उद्घोषणमा रुपा घर्ति र हेमराज परिवर्तन रहनुभएको आयोजकले जनाएको छ । माघ ११ गतेसम्म सञ्चालन हुने मेलाको आम्दानीबाट घोराही नगर मगर समितिले बहुउद्देश्यीय मगर सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखेको मेला प्रचारप्रसार समिति संयोजक कैलाश घर्तीमगरले जानकारी दिनुभयो । मेलामा प्रवेशका लागि सर्वसाधारणलाई प्रतिव्यक्ति एक सय रुपैँया टिकटको व्यवस्था गरिएको छ ।।