८ माघ, घोराही – रोल्पाको रुन्टिगढी गाउँपालिका ६ कानकुटे डाँडास्थित भित्रि सडक खण्डमा घोराही देखी डुब्रिङ रोल्पातर्फ जादै गरेको बसले ठक्कर दिदा पैदल यात्रु मृत्यु भएको छ ।
रा १ ख २३५६ नम्बरको बसले पैदल यात्री रुन्टीगढी गाउँपालिका ७ बलवाङकी ७५ बर्षिय मनबुझा बिकलाई ठक्कर दिदाँ घट्ना स्थलमै मृत्यु भएको इप्रका होलेरी प्रहरी निरिक्षक सरोज प्रजापतिले जानकारी दिनु भयो । बस चालक रुन्टिगढी गाँउपालिका–५ भर्तिवन बस्ने बर्ष ३४ का लेखराज दसौदी नियन्त्रणमा लिईएको उहाँको भनाई छ ।।
प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार