२०८१ फाल्गुन ३ गते शनिवार

अस्पतालको भवन उद्घाटन पूर्व प्रधानमन्त्री प्रचण्डले गर्ने



८ माघ,सिसहनियाँ- दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ कालापानीमा नवनिर्मित पालिका स्तरीय राप्ती आधारभूत अस्पताल भवनको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने भएको छ। पालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार माघ १२ गते दिउँसो १ बजे उद्घाटन कार्यक्रम तय गरिएको छ।

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका ‘प्रचण्ड’ माघ ११ र १२ गते माओवादी केन्द्र तुलसीपुर र घोराही उपमहानगरपालिकाको नगर अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी भई त्यसपछि अस्पताल भवनको उद्घाटनका लागि सिसहनियाँ कालापानी आउने कार्यक्रम रहेको छ।

त्यस्तै भवन उद्घाटन कार्यक्रममा संघीय, प्रदेश र स्थानीय तहका विशिष्ट व्यक्तित्वहरू, स्वास्थ्यकर्मी र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहनेछ। उक्त कार्यक्रममा उपस्थितिका लागि पालिकाका अध्यक्ष प्रकाश विष्टले सबैलाई निमन्त्रणा गर्नुभएको छ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्