८ माघ, घोराही- दाङकाे घोराही–१४ झिगौँरामा भइरहेकाे प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला २०८१ मा आज पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने भएको छ ।
नेपाल मगर संघ घोराही नगर कार्यसमितिको आयोजनामा जारी मेलामा आज नायक पल शाह , गायिका तथा उद्घोषिका रुपा घर्ती मगर ,मोडेल रूबिना अधिकारी ,गायक तथा उद्घोषक विजय पुन ,गायक प्रेम दिवस घर्ती मगर, गायिका सन्जिता बुढा मगर डान्सर सुरक्षा मगर , डान्सर साकिरा मगर, बाल कलाकार शान अधिकारी लगायत स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
सात दिनसम्म सञ्चालन हुने मेलाको आम्दानीबाट घोराही नगर मगर समितिले बहुउद्देश्यीय मगर सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखेको छ । मेलामा जातिगत वेशभूषाका स्टल तथा खानाका परिकार, बाल उद्यानलगायत स्टल राखिएको जनाइएको छ । मेलामा प्रवेशका लागि सर्वसाधारणलाई प्रतिव्यक्ति एक सय रुपैँया, विद्यार्थी, जेष्ठ नागरिक तथा शारीरिक अपाङ्गता भएकाहरुलाई प्रवेशमा केही छुट गरिएको आयोजकको भनाई रहेको छ ।
प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार