८ माघ, दाङ- दाङमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । तुलसीपुर-७ नवलपुर निवासी अन्दाजी २७ बर्षीय सन्तोष चौधरीको घरको छतबाट खसेर मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीका अनुसार सोमबार साँझ ५ बजेको समयमा तुलसीपुर–४ बनहरीस्थित घरको दुइतला माथीबाट खसेर चौधरी गम्भिर घाइते हुनुभएको थियो ।
गम्भिर घाइते चौधरीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याएकोमा उपचारकै क्रममा सवा ६ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।
प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार