२०८१ जेष्ठ ३१ गते बिहिवार

बोनम्यारो रोगका पिडित बालकको उपचार रोकियो



७ माघ, घोराही – बोनम्यारो रोगले थलापरेका दाङको तुलसीपुर १५ डुरुवाका सौरभ डाँगीको उपचार रोकिएको छ । ४ महिनादेखि रोगले थलापरेका १२ वर्षिय डाँगीको रकम अभावमा उपचार प्रकृया रोकिएको उनकी आमा टिका डाँगीले बताउनुभयो ।

काठमाण्डौंको बाल कान्ति अस्पतालमा उपचाररत डाँगीको स्वास्थ्यमा थप जटिलता देखिएको छ । उनको थप उपचारकोलागी भारतको दिल्लीमा लैजानुपर्ने भएतापनि आर्थिक अवस्था नाजुक भएकोले घर फर्काएर ल्याउनुपरेको परिवारले बताएको छ । तत्काल उपचारका लागी करिव पच्चीस लाख नगद रकम आवश्यक परेकाले सहयोग गरिदिन परिवारले आईतबार पत्रकार सम्मेलनगरेर अपिल गरेको छ ।

साथै यदि कोही कसैले सहयोग गर्न चाहेमा आमा टिका डाँगीको नाममा रहेको आईसी राष्ट्रिय वाणिज्य बैंक नारायणपुर शाखाको ४३६०१००००६८४३०१० खाता नम्बरमा रकम सहयोग गरिदिन हुन आग्रह गरिएको छ । साथै सम्पर्क गर्नका लागि सम्पर्क नम्बर ९८२२९८१८२६ रहेको छ ।

Video Link: https://www.facebook.com/khojraftarnews/videos/758426572295841

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्