७ माघ,घोराही -दाङमा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ । धान लगाउने समयमा पानी परेर गत वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । यो वर्ष दाङमा ३९ हजार ४ सय हेक्टर क्षेत्रफलम धान खेती गरिएकोमा १ लाख ७३ हजार ३ सय ६० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले बताउनुभयो ।
गत वर्षको तुलनामा यो वर्ष ३.३७ प्रतिशतले धान उत्पादनमा वृद्धि भए पनि बेमौसमी वर्षाका कारण २७ हजार ६ सय ६८ मेट्रिक टन धान उत्पादनमा क्षति पुगेको लामिछानेले बताउनुभयो । गत वर्ष ३९ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा १ लाख ६७ हजार ७ सय मेट्रिक टन धान उत्पादन गरिएको थियो । समयमै वर्षा भएकाले यो वर्ष धान उत्पादनमा वृद्धि भएको भन्दै लामिछानेले दाङमा ७५ प्रतिशतले हाइब्रेड जातको धान लगाउने गरेको बताउनुभयो । उहाँले उत्पादनमा राम्रो फल दिने भएकाले अधिकतम किसानहरुले यो जातको धान लगाउँने गरेको बताउनुभयो । हाइबे्रडसँगै लोकतन्त्र, विन्देश्वरी, सावित्री जातका धान पनि किसानहरुले उत्पादन गर्ने गरेको पनि कृषि अर्थ विज्ञ लामिछानेले बताउनुभयो ।
बेमौसमी वर्षाका कारण १५।९ प्रतिशत धानमा क्षेति
दाङमा यो वर्ष परेको बेमौसमी पानीका कारण धान उत्पादनको १५।९ प्रतिशत धानमा क्षति पुगेको छ । धान भित्राउने समयमा खेतमा काटेको धानसँगै काट्नलाई तयार अवस्थामा रहेको धानमा क्षति पुगेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । किसानहरुले काट्नलाई र काटेर सुकाएका धानमा बेमौसमी आएको वर्षाका कारण ठुलो क्षति भएको थियो । जस अन्तर्गत बबई गाउँपालिकामा ३ सय ६२।५ हेक्टरमा वर्षाका कारण क्षति पुगेकोमा २ हजार १ सय २८ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।
त्यसैगरी शान्तिनगर गाउँपालिकामा पनि बेमौसमी वर्षाका कारण धानमा क्षति पुगेको थियो । २ हजार ७ सय ३० हेक्टर क्षेत्रफलमा धान लगाइएकोमा ७ सय ६१।३२ हेक्टरमा वर्षाले क्षति पु¥याएको थियो । त्यस्तै दंगीशरण गाउँपालिकामा ४ हजार ३ सय १० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा १ हजार १ सय १६ हेक्टरमा क्षति पुगेको थियो ।
यस्तै तुलसीपुर उपमहानगरपालिकामा ६ हजार ८ सय ४० हेक्टर क्षेत्रफलमा धान खेती लगाइएकोमा २ सय ७५ हेक्टरमा क्षति पुगेको थियो । त्यसैगरी घोराही उपमहानगरपालिकामा ८ हजार ३ सय २० हेक्टर क्षेत्रफलमा धान लगाइएकोमा १ हजार ९ सय ५८।८ हेक्टरमा वर्षाका कारण क्षति पुगेको थियो । बंगालाचुली गाउँपालिकामा १ हजार ७ सय ३० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा १ हजार ७९ हेक्टरमा क्षति पुगेको थियो ।
त्यसैगरी लमही नगरपालिकामा यो वर्ष २ हजार ७ सय ३५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा १ हजार ४ सय ३२ हेक्टरमा क्षति पुगेको छ । त्यस्तै राप्ती गाउँपालिकामा ६ हजार ७ सय १४ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ७१। ८ हेक्टरमा क्षति पुगेको छ । त्यसैगरी गढवा गाउँपालिकामा २ हजार १ सय ७५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ९ सय १९।७ हेक्टरमा धान नोक्सान भएको थियो । यस्तै राजपुर गाउँपालिकामा १ हजार ७ सय १८ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ८ सय ७५।३ हेक्टरमा क्षति पुगेको छ ।
किसानले अनुदान पाउने कहिले ?
बमौसमी वर्षाका कारण धान उत्पादनमा क्षति भएका किसानहरुले अझै पनि राहत अनुदान पाउन सकेका छैनन् । पिडित बनेका किसानहरुका लागि स्थानीय र संघिय सरकारले अनुदान दिने भने पनि वर्षाका कारण पिडित बनेका किसानहरुले राहत पाएका छैनन् । संघिय मन्त्रालयबाट राहत कार्यविधि तयार भएको भन्दै कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले ठुला, मझौला र साना किसान गरि ३ भागमा विभाजन गरेको बताउनुभयो । उहाँले पिडित भनिएका किसानहरुको वर्गिकरण प्रत्येक स्थानीय तहहरुले गरिरहेको र उक्त दाता संकलन कार्य गृहमन्त्रालयमा सिफारिस गरेपछि सम्बन्धित पिडितको खातामा अनुदान रकम आउँने बताउनुभयो ।
किसानहरुले जिल्लाको समर्थन मुल्यको आधारमा उत्पादन भएको ठुला किसानहरुले २० प्रतिशत, मझौला किसानहरुले ३० प्रतिशत र साना किसानहरुले ६० प्रतिशतको आधारमा क्षतिपुर्ति पाउँने उल्लेख गरिएको छ । १० कठ्ठा भन्दा कम जमिन भएकालाई साना, १ विगाहमा खेती हुँनेलाई मझौला र डढ विगाहमा भन्दा माथिको खेती हुँने किसानलाई ठुला गरि अनुदान पाउने किसानहरुलाई तीन भागमा छुट्याइएको छ । गृहमन्त्रालयले वास्तविक किसानहरुको डाटा पठाउने भने पनि स्थानीय तहहरुले नपठाएकाले ढिला भएको कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले बताउनुभयो । साथै उहाँले वास्तविक किसानहरुको विवरण छिट्टै पठाउन भनि प्रत्येक वडा तथा गाउँपालिकाहरुमा चिठि समेत पठाएको बताउनुभयो ।