२०८१ माघ १२ गते शनिवार

दाङमा रुखले च्यापिएर एक व्यक्तिको मृत्यु



७ माघ, दाङ –
दाङमा रुखले च्यापिएर एक ब्यक्तीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार गढवा गाउँपालिका २ निवासी अन्दाजी करिब ३३ बर्षीय सन्तोष यादवको मृत्यु भएको हो ।

शुक्रवार बिहान साढे ७ बजेतिर घर नजिककैको रुखमा स्याउला काट्ने क्रममा रुख ढल्दा यादवको मृत्यु भएको हो । उनको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा लगिएको छ ।।

प्रकाशित मिति : २०७८ माघ ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्