२०८१ माघ १२ गते शनिवार

स्वास्थ्य मापदण्डमा कडाई गर्दै दाङ प्रहरी




७ पुस,घोराही –
कोरोना जोखिम न्यूनिकरणका लागि दाङमा प्रहरीले सचेतना मूलक कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । बढ्दो कोरोना जोखिमका बेला पनि मास्क नलगाउने र भिडभाड गर्नेहरुलाई प्रहरीले सम्झाउने गरेको दाङका प्रहरी प्रबक्ता डिएसपी मुुकुन्दप्रसाद रिजालले जानकारी दिनुुभयो ।

जिल्लाभरी नै बजार क्षेत्रमा प्रहरीहरु परिचाल भई कोरोना जोखिमका बारेमा जानकारी गराउने, अनिवार्य मास्क लगाउने र भिडभाड नगर्ने कुुुरामा सचेत पार्दै आएको उहाँको भनाई छ ।

यसैक्रममा आज प्रहरी निरीक्षक झबिन्द्र परियारको नेतृत्वमा खटिएको प्रहरी टोलीले तुलसीपुर चोक, शहिद गेट लगाएतका स्थानहरुमा तपाईको मास्क खोई भन्ने अभियानलाई निरन्तरता दिएको छ ।

सो क्रममा मास्क नलगाएर हिडेका दर्जनौ नागरिकहरुलाई कोरोना जोखिमको बारेमा बुुझाउदै अटेरी नगर्न र स्वास्थ्यको बिषेश ख्याल गर्न सुुझाब दिईएको प्रहरी निरीक्षक परियारको भनाई छ ।।

प्रकाशित मिति : २०७८ माघ ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्