७ माघ,घोराही –
सार्वजनिक ठाउँमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय आजदेखि लागू भएको छ । सरकारी नियमअनुसार अब कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक ठाउँमा जाँदा खोप लगाएको कार्ड वा कार्डको फोटो देखाउनुपर्नेछ ।
आजदेखि लागू हुने गरी सरकारले यो नियम लगाउने निर्णय गरेलगत्तै खोप लगाउनेहरुको सङ्ख्या बढेको छ । तर सरकारले खोप केन्द्रमा भिड व्यवस्थापन गर्न सकेको छैन । खोप केन्द्र नथपिँदा केन्द्र नै सङ्क्रमणस्थल जस्तो बन्न थालेकाले टोलटोलमा खोप पु¥याउनुपर्ने विज्ञहरुको भनाइ छ ।
खोप कार्ड अनिवार्य गर्नुअघि घरदैलो तथा टोलटोलमा खोप पु¥याउन आवश्यक रहेको जनस्वास्थ्यव्दि डाक्टर बाबुराम मरासिनीले बताउनुभयो । कुल जनसङ्ख्याको आधाभन्दा धेरैले पूर्ण खोप नलगाउँदासम्म यो नियम अव्यावहारिक हुने उहाँको भनाइ छ ।।