८ माघ,घोराही ।
घोराहीमा जारी चौथो मेयरकप रनिङ फुटबल खेलमा आज वडा नम्बर १४ र वडा नम्बर २ का खेलाडीहरु विजयी भएका छन् । नवलपुर मैदानमा भएको पहिलो खेलमा वडा नम्बर १३ लाई वडा नम्बर १४ ले १ का बिरुद्ध २ गोलले पराजित गरेको हो । वडा नम्बर १४ का खेलाडी कुमाइ र मिनेश चौधरीले एक एक गोल गरेका थिय । त्यस्तै विजयी वडा नम्बर १३ का बिजेन्द्र घर्तिले १ गोल गरेका थिय ।
त्यसैगरी, दोस्रो खेलमा वडा नम्बर १९ लाई वडा नम्बर २ ले २ का बिरुद्ध ५ गोलले पराजित गरेको छ । वडा नम्बर २ का बिशाल अधिकारीले ३ गोल, बिशाल सुनारले १ गोल पदम शाहले १ गोल गरेको खेल व्यवस्थापक दिपक पुनले जानकारी दिनुभएको छ । त्यस्तै वडा नम्बर १९ का इश्वर रावतले १ गोल र राम बहादुर खत्रिले गर्नुभएको थियो । भोली १२ बजे हुने पहिलो खेलमा वडा नम्बर १५ र ६ विच प्रतिष्पर्धा हुने छ भने दिउसो २ बजे वडा नम्बर २ र १० विच खेल प्रतिष्पर्धा हुने भएको छ ।।