२०८१ भाद्र २९ गते शनिवार

नेपालबाट इजरायलमा श्रमिक पठाउने प्रक्रिया सुरु



८ माघ, काठमाडौं । केयर गिभरको क्षेत्रमा इजरायल कामदार पठाउनका लागि ‘प्रोटोकल’मा हस्ताक्षर भएको छ ।

आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा एक कार्यक्रमबीच वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहाल र नेपालका लागि इजरायली राजदूत खनान गोडेरले हस्ताक्षर गरेका हुन् । योसँगै नेपालबाट इजरायलमा श्रमिक पठाउने प्रक्रिया सुरु भएको हो ।

नेपाल सरकार र इजरायल सरकारबीच भएको सम्झौताअनुसार नै कामदार पठाउने भएकाले नेपाली श्रमिकहरु कम खर्चमा नै जान पाउने जनाइएको छ । गएको असोज १४ गते इजरायलका लागि नेपालकी राजदूत अञ्जना शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच इजरायलमा काम गर्ने नेपालीलाई इजरायली नागरिकसरहको सेवा–सुविधा दिनेगरी श्रम सम्झौता भएको थियो ।

सुरुमा इजरायलमा केयर गिभरका रुपमा काम गर्नेगरी ५०० नेपाली पठाउने गरी नेपाल र इजरायलबीच प्रोटोकलमा हस्ताक्षर भएको विभागका महानिर्देशक दहालले जनाएका छन् ।

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्