२०८१ चैत्र १३ गते बुधवार

आज देशभरका सबै वडामा कांग्रेसको विरोध प्रदर्शन



८ माघ,दाङ ।

कांग्रेसले बिहीबार (आज) दाङ सहित देशका सबै वडामा -याली र सभा गरेर प्रतिनिधि सभा विघटनको विरोध गर्ने भएको छ । । देशभरका ६ हजार ७ सय ४३ वटै वडामा कांग्रेसले एक साथ संसद् विघटनको विरोध गर्न लागेको हो ।

बुधबार एक विज्ञप्ति जारी गर्नुहुँदै सभापति शेरबहादुर देउवाले हरेक घरघरबाट सहभागी भएर प्रतिनिधिसभा विघटनविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गर्नुभएको छ । देउवाले भनाइ छ, ‘संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावनाविपरीतको कार्यविरुद्ध कांग्रेस एकमत छ, आजको वडास्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन म सबैमा हार्दिक अपिल गर्दछु ।’

विरोध कार्यक्रममा कोभिड- १९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासन, भ्रष्टाचार र प्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारी प्रवृत्तिको भण्डाफोर गरिने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्