२०८० असोज ६ गते शनिवार

डबरी-चाैघेरा सडककाे ग्राभेल गरेर मर्मत गरियाे



३१ भदाै,घाेराही – घोराही उपमहानगरपालिकाले डबरी चौघेरा सडक खण्डमा ग्राभेल गरेर मर्मत गरेको छ । चारलेन सडक मर्मतको नाममा कटुवाखोला देखि पूर्व तर्फको भाग कालोपत्रे गर्ने क्रममा सडक बन्द गरेर बडरी चौघेरा सडकलाई बाइपास सडककारुपमा प्रयोगमा ल्याईएको थियो । तर निर्माण ब्यवसायीले तोकिएको समयमा कालोपत्रे नगर्दा लामो समय सम्म बाइपास सडक प्रयोगमा ल्याउदा सडकमा ठूलो क्षती पुगेको छ । तर मर्मतमा सडक कार्यालयले चासो नदिएपछि घोराही उपमहानगरपालिकाले आफ्नै स्रोत साधन प्रयोग गरेर मर्मत गरेको हो ।

उक्त सडक खण्डमा प्रदेश सरकारको पूर्वाधार कार्यालयले कालोपत्रे गर्दै आएको छ । सडकले मालबहाक गाडीको भार थेग्न नसक्दा दर्जन बढी स्थानमा कालोपत्रे दवेको छ भने ठूलाठूला खाडल भएको छ । डबरी गाउँमा सडक भासिदा साना सवारीका साधनलाई आवतजावतमा समस्या भएपछि नगर प्रमुख नरुलाल चौधरीले वडा अध्यक्ष रामलौटन चौधरी र विपद व्यवस्थापन समितिका संयोजक भानसिं बुढालाई तत्काल सडक मर्मतमा लाग्न निर्देशन दिनुभए अनुसार सडक ग्राभेल गरिएको हो । नगरका दुइवाट टिप्पर र एउटा जेसिबी प्रयोग गरिएको छ ।

फोरलेन सडक मर्मतको नाममा ढिलाई हुदा बाइपास सडकमा ठूलो क्षति हुने भएपछि अब वनवेय सञ्चालनमा ल्याएर काम गर्न निर्माण व्यवसायीलाई नगर प्रमुख चौधरीले निर्देशन दिनुभएको थियो भने सरोकारवाला निकायलाईको पनि अब बाटो बन्द गरेर अन्य बाटो विगार्न नदिने बताउनुभयो । सडक बनाउने भन्दा बिगार्ने र नागरिकलाई सास्ती दिएको प्रति नगर प्रमुख चौधरीले केही दिन पहिले सरोकारवाला निकायलाई अब त्यो छुट नदिने बताउनुभएको थियो ।

निर्माण व्यवसायीले चौघेर गेट देखि बबई सम्मको सडकको दुई छेउमा खनेका खाल्डोहरु दुई दिनमा पुर्ने बताए पनि त्यो काम गर्न सकेका छैनन् । जुन खाडलमा परेर एक जना साइकल यात्रीको मृत्युभएको थियो । सडक विग्रिएको ठाउँमा डबरी टोलका स्थानियहरु समेत उपस्थित भएका थिए ।

प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्