२०८० असोज ६ गते शनिवार

दाङमा बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ



३१ भदौ, घोराही – दाङ प्रहरीले बैंकिङ कसुरका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर १० गौरीगाउँ निवासी ३६ वर्षीय यज्ञ बहादुर केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डीएसपी जनक बहादुर मल्लले जानकारी दिनुभएको छ । उनलाई सर्बोच्च अदालत काठमाडौले २०७९ माघ ४ गते बैंकिङ कसुर मुद्धामा १४ लाख ५० हजार रुपैयाँ जरिवानको फैसला गरेको थियो ।

त्यसपछी फरार उनलाई खोजतलास गर्दै जादा घोराही १५ को हिलटन होटेलमा लुकिछिपी बसिरहेको अवस्थामा हिजो शनिवार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका केसीलाई आज आइतबार दाङ जिल्ला अदालतमा बुझाइएको प्रहरीले बताएको छ । साथै अपराधिक गतिविधीमा संलग्न रहि फरार रहेका व्यक्तिहरु सम्बन्धि कुने जानकारी वा सूचना भएमा तत्काल प्रहरीलाई खबर गर्न समेत प्रहरीले आग्रह गरेको छ ।।

प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्