२०८० असोज ६ गते शनिवार

भारतमा नेपाली महिलाको शव सुटकेसमा फेला



भारतको जयपुरमा एक सुटकेसमा नेपाली महिलाको शव फेला गरेको छ । प्रहरीले बिहीबार ३ सय फिट गहिरो खोँचमा महिलाको शव भेट्टाएको थियो । त्यसको एक दिनपछि ती महिला नेपालको भएको पुष्टि भएको हो । उनको पहिचान भने खुलाइएको छैन ।

चित्रकुट प्रहरीका एसएचओ बलबीर कासवानले ती नेपाली महिलाको एक बच्चा पनि रहेको पत्ता लागेको जानकारी दिए । ‘हामीले बिहीबार उनको शव फेला परेका थिए । हामीले हत्यामा संलग्न दुईजनालाई पक्राउ गरेका हुन् । शवलाई ल्याउन सहयोग गर्ने थप एक जनाको खोजी कार्य जारी रहेको छ,’ उनले भने ।

पक्राउ पर्नेमा ३५ वर्षीय स्वपन मण्डल र ३० वर्षीय सुमन विश्वास रहेका छन् । दुवै जना पश्चिम बङ्गालका हुन् । मण्डल हाल वैशाली नगरमा बस्दै आएको र वेश्यावृत्तिको सञ्जालमा संलग्न रहेको बताइएको छ । उनले विभिन्न स्थानबाट महिला ल्याएर होटलमा राख्ने गरेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस्