२३ भदौ, घोराही- निजामती कर्मचारीहरुले सरकारले थालेको भ्रष्टाचार बिरुद्धको अभियान ठिक भएको बताएका छन् । माओवादी केन्द्र निकट निजामती कर्मचारी,शिक्षक, प्राध्यापक, जेष्ठ कम्युनिष्ट मञ्च लगाएत संघ,संगठनको घोराहीमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
‘जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान’ दाङका संयोजक जयपुरी घर्तीले बैठकलाई सम्बोधन गर्दै माओवादी पार्टी पछिल्लो समय जनतासंग केही टाढा भएको हो की ? भन्ने जन गुनासाको आधारमा पार्टी रुपान्तरण अभियान थालेको उल्लेख गर्नुभयो । माओवादीका नेता, कार्यकर्ता बिग्रीएको हो की भन्ने पार्टीलाई लागेकोले जनतासंग आत्मालोचित हुदै जनतालाई पार्टीमै जोड्न अभियान अगाडी बढाएका हौ भन्नुभयो ।
प्रचण्ड नेत्रित्वको सरकार गठन हुदा नागरिकले सुशासनको अनुभूती गरेको बताउँदै उपस्थित कर्मचारी तथा प्राध्यापकहरुले यसलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए । सरकारले समयमै विद्यार्थीका लागी पाठ्यपुस्तक,राशायनिक मल,धानको बिउ लगायत अन्य नागरिकका जनजिवीका सवालमा काम गर्दै आएकाले सरकार प्रति सबैको समर्थन रहेको बताएका थिए ।