२०८० असोज ६ गते शनिवार

“जलजला राष्ट्रिय फिल्म एण्ड म्युजिक अवार्ड २०८०” हुने



९ भदौ, काठमाडौं- डि सिनेमा आर्ट प्रालिको आयोजनामा यसवर्ष “जलजला राष्ट्रिय फिल्म एण्ड म्युजिक अवार्ड २०८०” हुनेभएको छ । नेपाली चलचित्र र सांगीतिक क्षेत्रका कलाकार, गायक, गायिका, निर्देसक, मोडेल, डान्सर, गीतकार,संगीतकार र सो संग सम्बन्धित नेपाली गहना र महान व्यक्तित्वको कला र गलाको सम्मान प्रतिभाको प्रोत्साहनको लागि अवार्ड हुने भएको हो।

वि.स २०७५ साल भन्दा यता रिलिज भएका नेपाली चलचित्र, टेलि सिरियल, नेपाली गीत संगीत, तीज म्युजिक भिडियो लगायत अन्य मनोरञ्जनका भिडियो र सो सँग सम्बन्धित कलाकार र गायक गायिकाहरुको कला र गलाको सम्मानमा प्रतिभा प्रोत्साहनको लागि यो कार्यकम गर्न लागेको डि सिनेमा आर्टका प्रबन्धक दिनेश मुस्कानले बताउनु भयो ।

साथै यस प्रोत्साहनको कार्यक्रमको तयारी भैरहेको र कार्यक्रमको मिति चाडै सार्वजानिक गर्ने तयारी आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० भाद्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्