२०८० असोज ६ गते शनिवार

शक्ति चन्दको मौलिक तीजगीत “भस्मे मन पर्यो”



१ भदौ, घोराही – नेपाली महिलाहरूको मौलिक महान पर्व हरितालिका तीजको अवसरमा मौलिक तीज गीत”भस्मे मन पर्यो” सार्वजनिक भएको छ । गीतमा लोक गायिका टिका पुन र शक्ति चन्दको आवाज रहेको छ । उक्त गीतमा शब्द तथा संगीत शक्ति चन्दकोनै रहेको छ ।
पश्चिम नेपालमा रुचाइने भस्मे मन पर्यो भन्ने शब्दलाई टपक्क टिपेर गायक चन्दले यो गीतलाई बजारमा लिएर आएका हुन् ।

पश्चिम नेपालमा रुचाइने ठेट शब्द गीतमा समावेश गरिएका छन। खेमराज गौतमको संगीत संयोजन रहेको सो गीतलाई मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सुमन राना र खुमन रानाले रेकड गरेको गीतलाई कुमार रानाले मिक्सिङ गरेका हुन् ।

मोडल अनु शाह,संचिता बोलाखे रायन बस्याल र झविन नेपालीको अभिनय रहेको उक्त गीतलाई प्रकाश खड्काले खिचेका हुन । राजकुमार मगरले भिडियो सम्पादन गरेका हुन । बिजय बुढा मगरको कोरियाग्राफी रहेको उक्त गीतको भिडियोलाई राज कुमार मगरले निर्देशन गरेका हुन् । उक्त गीतको भिडियो शक्ति चन्दको अफिसियल युट्युब च्यानलबाट बजारमा आएको छ ।

भिडियो हेर्नुहोस्…

प्रकाशित मिति : २०८० भाद्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्