२०८० असोज ६ गते शनिवार

परदेशमा पनि व्यवसाय र कलाकारितामा व्यस्त लक्ष्मी



३१ साउन, दाङ- आफ्नो देश छोडेर अरुको देशमा रहेर पनि आफ्नो ब्यापार व्यवसाय गर्दै आएकी लक्ष्मी राई लामो समय देखि समाजसेवाका काम गर्दै आएकी छिन । न्यू लक्ष्मी ज्वेलर्सकि सञ्चालिका लक्ष्मी राईले नेपाली गीत संगीत र कलाकारलाई पनि उतिकै माया र साथ सपोट गर्ने गरिकी छन्। सरल स्वभाव दयालु, मेहनेती, सबैको भलो चाहने र आखामा राख्दा पनि नबिझाउने लन्डनमा आफ्नो छुटै पहिचान बनाउन सफल व्यवसायी एक हुन् लक्ष्मी राई ।

कुनै काममा सफल हुनमा मेहनत र योगदान चाहिन्छ त्यो उनमा भेटिन्छ । २९ औं विश्व आदिवासी दिवसमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज यूकेकी अध्यक्ष गोमा राना र न्यू लक्ष्मी ज्वेलर्सका प्रोपाइटर एवं समाजसेवी लक्ष्मी राई विशेष अवार्डबाट सम्मानित भएकी छन् । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युके सहित विभिन्न जातीय सङ्घसंस्थाले आइतबार अल्डरसटको एम्पायर हलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष राना र समाजसेवी राई ुवुमन अफ दि इयरु अवार्डबाट सम्मानित भएकी हुन् । अध्यक्ष रानालाई प्रमुख अतिथि नेपाली राजदूतावास लन्डनका उपनियोग प्रमुख रोशन खनालले ताम्रपत्र खादासहित सम्मान गरिन् ।

समाजसेवी राई भने व्यस्तताले कार्यक्रममा पुग्न नसकेकाले प्रतिनिधिमार्फत सम्मान ग्रहण गरिएको थियो । यस्तै, गोर्खा सत्याग्रहका अभियन्ता ज्ञानराज राई र सञ्चारकर्मी अमृत थेपेलाई म्यान अफ इयर अवार्ड दिइएको थियो । कार्यक्रममा नेफिन यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका नवनिर्वाचित अध्यक्ष हित काजी गुरुङ, नेफिन केन्द्रका निवर्तमान सचिव एवं नेफिन युकेका सल्लाहकार भक्तबहादुर दुरा, किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश राई, मगर संघ युके अध्यक्ष सीता पुन नगरलगायत विभिन्न संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य, बुद्धिजीवी, सञ्चारकर्मी लगायतको बाक्लो उपस्थिति थियो । प्रमुख अतिथि नेपाली राजदूतावास लन्डनका उपनियोग प्रमुख रोशन खनालले आदिवासी जनजातिले उठाएका माग तत्काल पूरा होस् भनी शुभेक्षा व्यक्त गरिन् । नेफिन केन्द्रका निवर्तमान सचिव एवं नेफिन युकेका सल्लाहका भक्तबहादुर दुरा प्रमुख वक्ता थिए ।

नेपाल आदिवासी जनजाति महासंघ–बेलायत (नेफिन युके), नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायत, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत, नेपाल आदिवासी जनजाति युवा महासंघ बेलायत र आदिवासी जनजाति साहित्यकारर लेखक महासंघ बेलायतले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रम नेफिन युके महासचिव विमला सेनीले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा राई र लिम्बुले झाँकी प्रदर्शन गरेका थिए भने मगर गट ट्यालेन्ट स्वेच्छा तिलिजा मगरले नृत्य प्रस्तुत गरेकी हुन् । नेफिन यूके अध्यक्ष शेर्पाले पुरस्कृत र सम्मानित व्यक्तिहरुलाई बधाई र सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस्