२०७९ माघ २० गते शुक्रवार

तुलसीपुर-घोराही सडक मर्मत अभियानको पत्रकार सम्मेलन



११ माघ, घोराही-
घोराही सडक मर्मतका लागि करिब २५ लाख रुपैयाँ खर्च भएको छ । घोराही तुलसीपुर सडक मर्मत अभियानले तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरि हात्तीखौवादेखि मजगैंसम्मको जीर्ण सडकमा खाल्डाखुल्डी, पुर्न, सम्याउन २५ लाख रुपैयाँ खर्च भएको अभियानका संयोजक पवन योगीले जानकारी दिनुभयो ।

जिर्ण सडक मर्मतका लागि तुलसीपुर, उपमहानगरपालिका, विभिन्न संघसंसथा र व्यक्तीहरुले जेसीवी, गे्रडर, लोलर, टिप्पर, ट्याक्टर, पानी ट्याङकर र इन्धन सहयोग गरेका थिए । सडक मर्मत अभियान ५ दिनसम्म संचालन भएको थियो ।

https://www.vianet.com.np/

दुर्घटना न्युनिकरण गर्नुका साथै सामाजिक कार्यमा पनि योगदान पु¥याउने उद्देश्यले युवाहरु मिलेर अभियान संचालन गरेको संयोजक योगीले बताउनुभयो । सडक मर्मतपछि आवागमन केही सहज भएको छ ।।

प्रकाशित मिति : २०७९ माघ ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस्