११ माघ, घोराही- संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि आत्मदाहको प्रयास गर्ने युवाको निधन भएको छ । उहाँको आज बिहान ५ बजे उपचारका क्रममा निधन भएको कीर्तिपुरस्थित बर्न अस्पतालका डाक्टर किरण नकर्मीले जानकारी दिनुुभयो । शरिरको अधिकांश भाग जलेका कारण बचाउन नसकिएको उहाँको भनाइ छ ।
हिजो दिउँसो शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय प्रेमप्रसाद आचार्य गम्भीर घाइते हुुनुुभएको थियो । पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उहाँको शरीरको ८० प्रतिशत भाग जलेको थियो ।
घटनास्थलबाट तत्कालै उद्दार कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उहाँको उपचार गरिएको थियो । उहाँको शव अहिले अस्पतालमा नै रहेको डाक्टर नकर्मीले बताए ।।