१० माघ, घोराही- दाङमा ८० वर्षिया वृद्धा इनारमा खसेको अवस्थामा मृत फेला परेकी छिन् । आज बिहान इनारबाट पानी तान्ने क्रममा खसेर तुलसीपुर उपमहानगरपालिका १७ निमुवा निवासी ८० वर्षिया चित्रादेवि बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रवक्ता पर्वत केसीले जानकारी दिनुुभयो ।
उहाँ तान्ने क्रममा लडेर इनारमा खसेको प्रहरीले जनाएको छ । केसीको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।।
प्रकाशित मिति : २०७९ माघ १० गते मङ्गलवार