२०७९ माघ २० गते शुक्रवार

दाङमा मणिवाला सर्प भन्दै ठगी गरेको अभियोगमा पक्राउ



१० माघ, घोराही- दाङ प्रहरीले मणिवाला सर्प भन्दै १ तोला सुनको गरगहना र नगद १ हजार रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका–३ का ३५ वर्षीय मोहमद सलमान रहेका छन् ।

लमही नगरपालिका–९ जलकुम्भीबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । राप्ती सोनारी गाउँपालिकाकी एक महिलालाई सलमानले मणिवाला सर्प हो भनी लोभलालच देखाई उक्त धनमाल ठगी गरेको खुल्न आएपछि पीडितका आफन्तको सहयोगमा ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले हाल फरार सलमानसँग आएका अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।।

https://www.vianet.com.np/
प्रकाशित मिति : २०७९ माघ १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्