२०७९ माघ २० गते शुक्रवार

२१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन



१० माघ, घोराही – प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नियमावली मस्यौदा समिति गठन गर्न प्रस्ताव गर्नुभएको हो । पौडेलले गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

समितिमा अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेश बर्तौला रहेका छन् ।

साथै रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भ्टटराई, शक्ति बस्नेत, सर्वेन्द्रनाथ शुक्ल, सीता गुरुङ, सुवासचन्द्र नेम्बाङ, सोबिता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहेका छन् ।

https://www.vianet.com.np/

समितिले १५ दिन भित्र सो मस्यौदा तयार पारी प्रतिनिधिसभा बैठकमा पेश गर्ने कार्यादेश दिइएको प्रस्तावका प्रस्ताव सांसद पौडेलले जानकारी दिनुभयो ।

नेपालको संविधानको धारा १०४ को उपधारा १ बमोजिम प्रतिनिधिसभाले आफ्नो कार्य संचालन गर्न, बैठकको सुव्यवस्था कायम गर्न र समिति गठन, कारबाही र प्रतिनिधिसभा समितिको कार्यविधि नियमित गर्न र प्रतिनिधिसभाको अन्य कार्यमा सहजता ल्याउन आवश्यक भएकाले सो मस्यौदा समिति गठन गरिएको हो ।।

प्रकाशित मिति : २०७९ माघ १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्