२०७९ माघ २० गते शुक्रवार

रुकुम पूर्वमा खाद्यको चामलको माग बढ्दो



९ माघ, रुकुम- रुकुम पूर्वमा खाद्यको चामलको माग बढेको छ । खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जिल्ला शाखाका अनुसार जिल्लामा चामलको माग बढेको हो । यो भन्दा पहिला जिल्लामा खाद्यको शाखा कार्यालय थिएन । चामलको माग बढे पछि जिल्लामा शाखा नै स्थापना गरेर चामल विक्री सुरु गरिएको छ ।

जिल्लामा असोज देखि खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा रुकुमकोटमा स्थापना भएको छ । यो भन्दा पहिला शोभा डिपो र तकसेरा डिपोबाट चामल विक्री हँुदै आएको थियो । यो आर्थिक वर्षमा जिल्लामै शाखा स्थापना हुँदा सहज भएको शाखा प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

शाखाबाट असोज देखि हाल सम्म साढे ११ सय क्विन्टल चामल विक्री भएको छ । रुकुमकोट शाखाबाट मात्रै यति धेरै मात्रामा चामल विक्री भएको शाखा प्रमुख खड्काले बताउनुभयो । उहाँका अनुसार तकसेरा डिपोबाट पनि चामल विक्री भइरहेको छ ।

https://www.vianet.com.np/

जिल्लामा धान कम फल्ने गर्छ । सिस्ने गाउँपालिका बाहेक अन्य दुई पालिकामा भने कमै मात्रामा धान खेती हुने भएकाले पनि खाद्यको चामल धेरै विक्री हुने गरेको शाखा प्रमुख खड्काको भनाई छ ।

असोज १ गते देखि कात्तिक १५ गते सम्म शाखाबाट सस्तोमा चामल विक्री वितरण पनि भएको थियो । उक्त समयमा एक क्विन्टलमा ७ सय छुटमा चामल विक्री गरिएको शाखा प्रमुख खड्काले बताउनुभयो । उहाँका अनुसार सोहि अवधिमा मात्रै ७ सय क्विन्टल चामल विक्री भएको थियो ।।

प्रकाशित मिति : २०७९ माघ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्