९ माघ,घोराही – शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको परीक्षामा पनि माग गरेभन्दा धेरै कम परीक्षार्थी मात्र पास भएका छन् ।
आयोगले २०७८ चैत १९ गते र २०७९ असार १३ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिरहेको छ र हालसम्म ५१ जिल्लाको नतिजा सार्वजनिक गरिसकेको छ ।
यसअघि माध्यमिक र निम्न माध्यमिक तहको शिक्षकको परीक्षामा पनि माग अनुसार परीक्षार्थी पास हुन सकेका थिएनन् । शिक्षक सेवा आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठा मावि र निमाविको भन्दा सन्तोषजनक नतिजा आएको बताउनुभयो ।
कक्षा १२ र स्नातक तहको पढाइको गुणस्तर कमजोर भएको र विद्यार्थीले पनि विभिन्न उपाय लगाएर पास मात्र हुने प्रवृत्तिको असर शिक्षक सेवा आयोगको नतिजामा देखिएको जनाइएको छ ।।