२०७९ माघ २० गते शुक्रवार

सरकारले कोरोना विरुद्धको खोप ल्याउन प्रक्रिया अगाडि बढायो



६ माघ,घोराही- कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा लगाउन खोज्नेले नपाएको गुनासो गर्न थालेपछि सरकारले थप खोप ल्याउन प्रक्रिया अगाडि बढाएको छ । हाल बुस्टर खोपका लगि उपलब्ध नभएको भन्दै जनगुनासो बढेपछि सरकारले थप खोप ल्याउन प्रक्रिया अगाडि बढाएको हो ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाले बुस्टर मात्रा खोप ल्याउनको लागि प्रक्रिया अगाडि बढाइसकिएको र यही महिनाको अन्तिमसम्ममा नेपाल आइपुग्ने जानकारी दिएको छ । खोप शाखाका प्रमुख सागर दाहालले खोप ल्याएपछि केहीलाई भने कोभिडविरुद्धको बुस्टर मात्राको रूपमा चौथो मात्रा खोपसमेत लगाइने बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म २ करोड ३२ लाख ८ हजार ४ सय ८३ जनाले कोरोनाविरुद्धको एक मात्रा खोप लगाएका छन् भने दोस्रो २ करोड २३ लाख २४ हजार ९ सय ३३ जनाले दोस्रो र ७९ लाख ७२ हजार ७ सय ९१ जनाले तेस्रो अर्थात अतिरिक्त मात्रा खोप लगाएका छन् ।।

https://www.vianet.com.np/
प्रकाशित मिति : २०७९ माघ ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्