२०७९ माघ २० गते शुक्रवार

बाँकेमा फैलिएको दादुरा सङ्क्रमण अझैँ नियन्त्रणमा आएन



२ माघ,घोराही- बाँकेमा फैलिएको दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । पछिल्लो २४ घण्टामा २० जनामा दादुरा सङ्क्रमण पुष्टी भएको छ ।

यो सँगै जिल्लामा दादुरा सङ्क्रमणका बिरामीको सङ्ख्या एक सय ८० पुगेको छ । दादुराको प्रकोप नेपालगञ्जको १५ वटा वडामा फैलिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार हाल कुनै पनि बिरामी अस्पतालमा भर्ना भने भएका छैनन् ।

५० जनाभन्दा धेरै बालबालिकाको घरमै उपचार भइरहेको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभएको छ ।।

https://www.vianet.com.np/
प्रकाशित मिति : २०७९ माघ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस्