२०७९ माघ २० गते शुक्रवार

दाङमा ब्याजको बिरोधमा हस्ताक्षर संकलन सुरु



१५ पुस,घोराही –
दाङ जिल्ला उद्योग वाणिज्य संघले बैंकले वृद्धि गरेको ब्याजको बिरोधमा हस्ताक्षर संकलन सुरु गरेको छ । संघको आयोजनामा आज शुक्रबार घोराहीको तुलसीपुर चोक सो संकलन सुरु गरिएको हो ।

बैंक तथा वित्तीय संस्थाबाट वृद्धि भएको ब्याज तथा नेपाल राष्ट्र बैंकद्वारा जारी चालु पुँजी कर्जा निर्देशिकाको विरोधमा हस्ताक्षर कार्यक्रम सुरु गरेको आयोजकले बताएको छ । उक्त कार्यक्रममा बजारमा भएका व्यवसायीहरुले हस्ताक्षर गरिरहेका छन् ।

https://www.vianet.com.np/
प्रकाशित मिति : २०७९ पुष १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्