२०७९ माघ २० गते शुक्रवार

धनगढीकी भाइरल नर्स ‘अनु’ टिकटकबाटै मोडलिङमा इन्ट्री



१३ पुस, दाङ-‘छिट्को सारी मखमली चोलीलाई कस्तो लाग्यो यो गाउँकी छोरीलाई, ए भन्देउ सुटुक्क नबोली ओठले हास्देउ मुसुक्क…।’ डिजेमा घन्किएको यो गितमा नाँच्दा वरपरका सबै जना झुमेका थिए ।

त्यही बखत गडगडाहट ताली बजेको सम्झना मानसपटलमा ताजै छ । तालीको त्यो गडगडाहट स्मृतिमा आउँदा २१ वर्ष पछाडि फर्कादिन्छ उनलाई । तर कुरा हिजो अस्तीको जस्तै लाग्छ ।

फूलबारी माध्यमिक विद्यालयमा ३ कक्षा पढ्दाको कुरा हो, वार्षिकोत्सव समारोहमा सांस्कृति कार्यक्रममा छिट्को सारी र मखमली चोलीको रहर नै नपलाएकी ८ वर्षीया बालिकाले सबैको ध्यान तानिन् ।

https://www.vianet.com.np/

वरपरका मानिसको ध्यान मात्र तानिएन्, त्यो नृत्य नदेख्नेहरुले समेत गाउँभरी प्रसंशा गरेको सुन्दा बाल मस्तिष्कमा तरंगित भएको खुसीले सीमा नाघेको थियो होला शायद । त्यसैमा दिदीहरु र दाजु मात्र होइनन् आमाबुवाले फुरफु¥याएपछि मन दंग भएको थियो ।

कयौँ पल्ट उनी आफैसँग लुकामारी खेल्दै एकान्तमा पनि नाँचेको सम्झना छ । गाउँमा कतै डिजे बजेको आवाज सुन्दा उतै मोडिने उनका बाल पाइला किशोरी हुँदै युवा अवस्थामा आइपुग्दा पनि रोकिएका छैनन् ।

बरु दह्रो गरी छिटोछिटो अघि सरिरहेका छन् । ती उनै २९ वर्षीया अनु खड्का पाइला हुन् । धनगढीको फूलबारीमा २०५० सालमा बुवा डम्बर खड्का र आमा मीना खड्काको कोखबाट पाचौँ सन्तानका रुपमा जन्मिएकी उनै अनु पश्चिम नेपालको सुदूर कुनाबाट मोडलिङका रुपमा उदाएकी छन् ।

नानी ठूलो भएर तिमी के बन्छौँ ? बालापन धेरैले सोध्ने यो प्रश्नको जवाफ एउटै हुन्थ्यो नर्स र हिरोनी बन्ने । हो, पेशाले नर्स पनि रहेकी उनका पाइला हिरोनी बन्ने बाटोमा डोरिएका छन् । विभिन्न गितमा टिकटक बनाउने गरेकी उनी अहिले म्युजिक भिडियोमा अभिनय गर्ने स्थानमा आइपुगेकी छन् । जहाँ उनी मोडलको पहिचान बनाइरहेकी छिन् ।

कैलाली बहुमुखी क्याम्पसबाट स्वास्थ्य विषयमा स्नातक तह र धनगढीस्थित सीआईसीडी कलेजबाट अनमी तथा शैलेश्वरी फारवेष्ट नर्सिङ कलेजबाट नर्सिङ अध्ययन गरेकी खड्काले विभिन्न २० वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

यसरी सुरु भयो मोडलिङको यात्रा

सानै उमेरदेखि अभिनयमा रुची राख्ने अनु खड्का टिकटकमा सक्रिय थिइन् । विशेषगरी देउडा गितमा भिडियो बनाएर पोष्ट गर्ने गरेकी खड्काका भिडियोहरु टिकटकमा रुचाइन थाले । अहिले ५५ हजार पाँच सय जना फलोर्स रहेको @anukhadka04 मा उनले पोष्ट गरेका भिडियो रुचाइन थालेपछि फलोर्स बढ्दै गए ।

नेपालमा भर्खरै कोरोना महामारी सुरु भएको कुरा हो, टिकटककै माध्यमबाट कलाकार देवराज उपाध्यायसँग परिचय भयो । कुराकानीका क्रममा उपाध्यायले खड्कालाई भिडियोहरु राम्रो लागेको भन्दै म्युजिक भिडियोका लागि प्रस्ताव गरे । हिरोनी बन्ने सपना साँचेकी खड्काले त्यो अवसरलाई गुमाउने कुरै भएन । उपाध्यायको प्रस्ताव स्वीकार्दै उनी म्युजिक भिडियो खेल्न तयार भइन ।

कैलालीको खानीडाँडा क्षेत्रमा सुटिङ भएको सोही गित उनले अभिनय गरेको पहिलो म्युजिक भिडयो बन्यो । पहिलो भिडियोमा अरु कलाकार र दर्शकको राम्रो प्रतिक्रिया पाएपछि उत्साहित भइन र यो क्षेत्रमा लाग्न उनलाई थप प्रेरित ग¥यो ।

-खड्काले अभिनय गरेको पहिलो गितको म्युजिक भिडियो  https://youtu.be/vmmElZM2U9M

प्रकाशित मिति : २०७९ पुष १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्