९ पुस, काठमाडौं-
लोक दोहोरि गीतहरु बजारमा आउदै गर्दा सबैलाई नचाउने खालको गीत बजारमा आएको छ। रुकुमको सिस्ने हिमाललाई समेटेर बनाईएको उक्त गीतलाई कृष क्षेत्रीको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याईएको हो । कृष् क्षेत्र,देबी बस्नेत,घनाशयाम परियार र निर्मला बस्नेतको स्वरमा रहेको गीतलाई लय अनि शब्द कृष् क्षेत्री अनि कलेक्सनबाट रहेको छ ।
गीतलाइ स्टुडियो शंकरामा रेकड गरिएको छ भने सागर पुनको रेकडिङ्ग रहेको गीतलाई कुमार सानु पुनले मिक्सिंग गरेका हुन् भने एरेन्ज खेमराज गौतमको रहेको छ। ूतोरी बारी साईली झ्याप झ्याप झ्याप अनि गैरा बारी साईली झ्याप झ्याप झ्यापू यस्तै यस्तै शब्दलाइ मिलाएर गीत बनेको छ । मध्यपशिमका गाउँघरमा गाइने गीतलाई कलेक्सन गरेर यो गीत बजारमा आएको कृष् क्षेत्रीले जानकारी दिएका छन् ।
तिलक शाहीको निर्देशन, सरोज शाहीको छ्याकन र राज कुमार मगरको सम्पादन रहेको छ भने मेकअप राजन पौडेलले गरेका छन् । भिडियोमा गोबिन्द बिबस,ममता राना मगर,कंचन घर्ति मगर,तिलक शाही र पर्बिन पुरीको डान्स रहेको छ भने बिसेष धन्यवादको रुपमा बसन्त चन्द ठकुरी,बालाराम रेग्मी र कमानसिङ्ग डाँगीलाइ राखिएको छ। हेर्नुहोस भिडियो ।
https://www.youtube.com/watch?v=tPTMHJWbgeA