२०७९ माघ २० गते शुक्रवार

निर्देशक बिरेन्द्र ओलीको नयाँ कोसेली ‘दाम छैन गोजीमा’



३ पुस, घोराही-
एक दशक भन्दा लामो समय कलाकारिता क्षेत्रमा कृयाशिल मोडल एवं निर्देशक बिरेन्द्र ओलीको नयाँ कोशेली ‘दाम छैन गोजीमा’ गीत बजारमा आएको छ । उनका गीतहरु बजारमा आउदै गर्दा दोहोरि साझ अर्थात् रोधीघरको बिषयबस्तु बनाएर यो गीत बजारमा आएको हो।

खेमराज गौताम र तुल्सा पाण्डेको स्वरमा रहेको गीतलाई लय सब्द यम बिनाडिले गरेका छन् । मारुनि स्टुडियोमा रेकड भएको गीतलाई सुमन राणाले रेकडिङ्ग गरेका हुन् भने कुमार राणाले मिक्सिंग गरेका हुन् । गीतको एरेन्ज खेमराज गौतमले गरेका छन् रमेश शर्माको अफिसियल युटुबबाट यो गीतलाई बजारमा राखिएको छ ।

https://www.vianet.com.np/

पहिलो चोटी रोधिमा पसियो नौलो मान्छे गीत गाउन कसियो दाम छैन गोजीमा यस्तै शब्दलाइ समेटेर यो गीत बनेको छ भने रमेश शर्मा, प्रशान्त परियार,संगीता सिजापति र टिका मगरको कोरस भोकल रहेको छ ।

बिरेन्द्र ओलीको निर्देशन, प्रकाश खडकाको क्यामराबाट तयार भएको भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका हुन् भने तिलक शाहीको कोरियोग्राफी र मन्जित पहाडीको सह निर्देसन रहेको छ।

भिडियोमा प्रस्तुति परियार,तिलक शाही,रीतिका गुरुङ र प्रतिमा निरौलाले नाचेर साथ् दिएका छन् भने बिरेन्द्र ओली र राधा रसाइलिको अभिनय रहेको छ ।

मधु रसाइलीको मधुबन रोधीघरमा भिडियो छयांकन गरिएको थियो भने सरिता पर्जापतिले मेकअप गरेकी थिएन साथै तुल्सा पाण्डे,सम्झना अधिकारि,प्रसान्त परियार,खेमाराज गौतम,राजन मोक्तान,कल्पना मल्ल,इशु न्यौपाने,रमेश शर्मा,अमर भटराई,सपना गौतम,संगीता सिजापति र नेहा रेग्मीको भिडियोमा साथ रहेको छ।

हेर्नुहोस भिडियो……।

प्रकाशित मिति : २०७९ पुष ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्