२०७९ माघ २० गते शुक्रवार

टरिगाउँ विमानस्थल: इन्धन खपत भएन



२० मंसिर, दाङ- दाङको टरिगाउँस्थित विमानस्थलमा इन्धन डिपो सञ्चालनमा आए पनि जहाज नआउँदा इन्धन खपत नभएपछि नेपाल आयल निगमलाई समस्या भएको छ । इन्धन डिपोको संरचना निर्माण सम्पन्न भएर हस्तान्तरण भई सञ्चालनमा समेत आइसकेको छ । निकै चर्चा र चौतर्फी दबाबपछि टरिगाउँ विमानस्थलमा इन्धन डिपो निर्माण भएको हो ।

इन्धन डिपो नहँुदा हवाई सेवा नियमित नभएको र हवाई भाडासमेत महंगो भएको गुनासोपछि इन्धन डिपो निर्माणको कामले गति लिएको थियो । इन्धन डिपो सञ्चालनमा आएपछि निजी कम्पनीका जहाजले समेत उडान भर्ने अपेक्षा गरिएको थियो तर अहिले निजी कम्पनीका जहाजले टरिगाउँमा उडान नै गरेका छैनन् ।

https://www.vianet.com.np/

अनियमितरुपमा उडान भर्दै आएको नेपाल वायु सेवा निगमले समेत इन्धन डिपोबाट इन्धन नहाल्दा समस्या भएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७९ मङ्सिर २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्