२०७९ माघ १९ गते बिहिवार

दाङमा आम निर्वाचनको समिक्षा



२० कातिक, दाङ-  मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को दाङमा समिक्षा गरिएको छ । संबाद समूह दाङको आयोजनामा निर्वाचनकोसमिक्षा गरिएको हो । मुख्य निर्वाचन अधिकृत एवम दाङ देउखुरी जिल्ला अदालतका प्रमुख न्यायाधीश कृपासुर कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउनु भयो । तर निर्वाचनमा खटिएका मतदान अधिकृतलाई प्रशिक्षण र मतदाताहरुलाई मतदाता शिक्षा प्रभावकारी हुन नसकेको बताउनु भयो

निर्वाचन कार्यालयले ४ बर्ष सम्म आफ्ना गतिविधि नगर्ने र निर्वाचनको संघारमा हतार हतारमा काम गर्दा थुप्रै चुनौतीको सामाना गर्नुपर्ने अवस्था रहेको न्यायाधीश कार्कीले गुनासो गर्नुभयो निर्वाचन कार्यालयसँग निर्वाचन सम्बन्धी अधिकार धेरै भएपनि मुख्य निर्वाचन अधिकृतलाई सिमीत अधिकार हुनु पर्ने कार्कीले बताउनु भयो। हतार हतार तयारी गर्नुपर्ने कारणले पनि अपाङमैत्री, जेष्ठ नागरिक मैत्री मतदान केन्द्र बनाउनमा केही जटिलता आएको उहाँको भनाइ थियो ।

त्यस्तै दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्रमुख जिल्ला अधिकारीलाई समेत निर्वाचन सम्बन्धी अभिमुुखीकरण नभएको बताउनु भयो। दाङका प्रहरी प्रमुख बीरबहादुर वलीले आचार संहिता उल्लघनमा दलहरु बिच प्रतिस्पर्धा हुने गरेको बताउनु भयो । तर कम भन्दा कम आचार संहिता उल्लघन गराउन निर्वाचनमा खटिएको बताउनु भयो । प्रदेश निर्वाचन कार्यालयका प्रतिनिधि रेवत भण्डारीले मतदान केन्द्र छनौट राम्रोसँग हुन नसकेको बताउनु भएको हो ।

https://www.vianet.com.np/

कार्यक्रममा संबाद समूहका सदस्य टिकाराम रेग्मी, संवादका बरिष्ठ सहजकर्ता सुशील बस्नेत, नियोग दाङका अध्यक्ष ठाकुर डाँगी, नागरिक समाज दाङका सदस्य हरिप्रसाद पाण्डे, जेष्ठ नागरिक खुमानन्द अधिकारी, पत्रकारलगायतले यसपटकको निर्वाचनको राम्रा पक्ष र सुधार गर्नु पर्ने पक्षका बारेमा बोल्नु भएको थियो । संवाद समूहका सदस्य निर्मल नेपालीले विषय प्रवेश गराएको कार्यक्रमको सहजिकरण सुष्मा गिरीले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७९ मङ्सिर २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्