२०७९ माघ १९ गते बिहिवार

पत्रकारमाथी हुने दुव्र्यवहार विरुद्धको प्रशिक्षण घोराहीमा सुरु



१६ मंसिर, घोराही –
संञ्चार क्षेत्रमा पत्रकारमाथी हुने दुव्र्यवहार बिरुद्धको दुई दिने प्रशिक्षण कार्यक्रम आज देखि घोराहीमा सुरु गरिएको छ । मानव अधिकार संञ्चार प्रतिष्ठान नेपालको आयोजना तथा युरोपियन युनियन र ईन्टरनेश्नल अलर्टको सहयोगमा दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु गरिएको हो ।
आज पहिलो दिन कार्यक्रममा सहभागिहरुलाई पत्रकारको नैतिक मूल्य र मान्यता, हकअधिकार, शुरक्षा, कर्तव्यसंगै दुव्र्यवहार बिरुद्धको कानुनी कार्बाही लगायतका बिषयमा प्रशिक्षण दिईएको हो । कार्यक्रममा २० जना सकृय पत्रकारहरुको सहभागिता रहेको छ ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष एवं प्रशिक्षक दुर्गालाल केसीको अध्यक्षतामा भएका उद्घाटन कार्यक्रमा आयोजक संस्थाका कार्यक्रम प्रवन्धक कामना न्यौंपाने, नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष बसुन्धरा गौतम, सन्तोष सुवेदी रहनुभएको थियो । कार्यक्रमको सहजिकरण सचिव आरके शितलले गर्नुभएको थियो ।।

https://www.vianet.com.np/
प्रकाशित मिति : २०७९ मङ्सिर १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्