२०७९ माघ २० गते शुक्रवार

दाङमा रनिङ शिल्ड प्रतियोगिता सुरु, ३६ विद्यालयको सहभागीता



१५ मंसिर, दाङ- नेपालमै पहिलो पटक नीजि विद्यालयहरुको छाता संगठन प्याव्सनले दाङमा रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको छ । प्याव्सन घोराही नगरले नेपालमै पहिलो पटक रनिङ शिल्ड प्रतियोगीताको आयोजना गरेको हो । अहिले सम्म नेपालमा प्याव्सनको आयोजनामा रनिङ सिल्ड प्रतियोगिता भएको थिएन । बिहीवार जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुको र्याली सहित प्रतियोगिताको उद्घाटन गरिएको छ ।

प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशसभा सदस्य प्रचण्डविक्रम न्यौपानेले गरेका हुन । प्रतियोगिताको उद्घाटन गर्दै सांसद न्यौपानेले विद्यार्थीहरुमा अध्ययनसँगै खेलको विकास हुन जरुरी रहेको बताए । फलतः प्याव्सनले विद्यार्थीहरुको अध्ययनसँगै खेल अभ्यासको विकासका लागि प्रतियोगीताको आयोजना गर्नु उपयुक्त भएको बताए ।

https://www.vianet.com.np/

‘विद्यार्थीहरुमा पढाइसँगै अतिरिक्त ज्ञान, कला अपरिहार्य हुन्छ,’ उनले भने ‘यस मध्य खेल क्षेत्र प्रमुख हो, अध्ययनसंगै विद्यार्थीहरुलाई खेलको विकास गरेर प्याव्सनले उचित कार्य गरेको छ ।’ साथै उनले विद्यालयमा अध्ययनरत बालबालिकाहरु देशको कर्णधार रहेको भन्दै देश निर्माणमा अहम भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

बिहीबारदेखि सुरु भएको प्रतियोगीता शनिबारसम्म चल्ने छ । यो प्रतियोगिता अन्तर्गत १० कक्षाका छात्रछात्राहरुका लागि १ सय मिटर,२ सय मिटर, ४ सय , ८ सय मिटर दौड र ४ सय १६०० मिटरको रिले दौड प्रतियोगीता हुनेछन् ।

यसैगरी लङजम्प,ट्रिपल जम्प,हाईजम्प, सटफूट,ज्याव्लिङ थ्रो प्रतियोगिताको आयोजना गरिएको छ । यसैगरी ७ कक्षा सम्मका छात्रछात्राहरुका लागि ६० मिटर दौड र लङजम्प प्रतियोगिताको आयोजना गरिने छ । प्रतियोगितामा ३६ विद्यालयहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्