२०७९ माघ २० गते शुक्रवार

दाङमा एचआईभी संक्रमित संख्या बढ्दो, ३ सय ६१ संक्रमित



१५ मंसीर, घोराही- दाङमा एचआइभी एड्स संक्रमितहरुको संख्या बढदै गएको पाईएको छ । समुदाय स्तरमा समेत पुगेर एचआईभी संक्रमित पहिचान गर्न थालिएसँगै जिल्लामा संक्रमितहरु थपिने क्रम बढेको पाईएको हो । जिल्लाको घोराहीमा २ सय ३२ जना तथा तुलसीपुर क्षेत्रमा १ सय २९ जना गरी ३ सय ६१ जना संक्रमितहरुले एआरटी सेवा लिइरहेका छन् । ती मध्ये घोराहीमा १ सय १२ जना महिला, १ सय १६ पुरुष रहेका छन् भने तेश्रो लिङ्गी ४ जना रहेका छन् ।

यस्तै, तुलसीपुरमा ६५ जना महिला, ६४ जना पुरुष रहेका छन् । पहिचान भएका एचआईभी संक्रमितहरुलाई निगरानीमा राख्दै नियमित एआरभी सेन्टरबाट औषधी सेवन गराउनुका साथै मनोसामाजिक परामर्शको काम भईरहेको सरोकार संस्थाहरुको भनाई छ । जिल्लामा रहेका मानव स्वास्थ्य समाज, दाङ प्लस, रेडक्रस, परिवार नियोजन संघ, नागार्जुन डेभलपमेन्ट, परिवर्तन समुहलगायत संस्थाले एचआईभीको क्षेत्रमा काम गर्दै आएका छन् ।

नेपाल परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक बसन्त खनालका अनुसार, एचआईभी संक्रमति पहिचान गर्न तल्लो तहसम्म काम भईरहेकाले फेला पर्नेको संख्या बढ्दै गएको छ । मानव स्वास्थ्य समाज दाङकी कार्यक्रम संयोजक शिल्पा चौधरीले वार्षिक रुपमा औषत २२–२४ जना नयाँ संक्रमित थपिने गरेको बताउनुभयो ।

https://www.vianet.com.np/

हाल विश्वमा ३ करोड ३९ लाख मानिस एचआईभी संक्रमित छन् । नेपालमा सन् १९८८ मा पहिलोपटक एचआईभी भित्रिएको तथ्यांक छ । नेपालमा ३० हजार जनामा एचआइभी संक्रमण भएको अनुमान छ । जसमध्ये पुरुषको संख्या १७ हजार र महिलाको संख्या १३ हजार रहेको छ । आज विश्व एड्स दिवस हो । दिवसको सन्दर्भमा आज दाङमा सचेतनामूलक कार्यक्रम हुन लागेका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्