२०७९ माघ १९ गते बिहिवार

अखिल (क्रान्तिकारी) राप्ती इन्जिनियरिङ कलेजको अध्यक्षमा लोकेन्द्र डाँगी



१५ मंसिर, घोराही-
अखिल (क्रान्तिकारी) राप्ती इन्जिनियर कलेज दाङको चौथो मुल इकाई सम्मेलन सम्पन्न भएको छ । आज भएको सम्मेलनले लोकेन्द्र डाँगीको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षहरुमा तुलासिहँ धामी, खुसी भण्डारी, केशब बस्नेत, र बिबेक सुनार , सचिबमा रोनिशा खड्का, सहसचिबहरुमा उमेश सुनुवार, जोतेन्द्र यादब ,प्राप्ती थापा र कोषाध्यक्षमा तपेन्द्र जिसि रहनु भएको छ ।

अखिल (क्रान्तिकारी) राप्ती इन्जिनियर कलेज इकाई कमिटी अध्यक्ष गोबिन्द मल्लको अध्यक्षता एबम संगठनका केन्द्रिय सदस्य जंग रोकाको प्रमुख आतिथ्यता तथा संगठनका दाङ जिल्ला संयोजक गिरबहादुर महराको बिशिस्ट आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।

https://www.vianet.com.np/

अखिल (क्रान्तिकारी) दाङ जिल्ला कार्यालय सदस्य डिभाइड शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन रोनिशा खड्काले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्