२०७९ माघ २० गते शुक्रवार

दाङमा स्थायी बन्ध्याकरण शिविर शुरु



१४ मंसीर, घोराही-
परिवारको सुखद भविष्यका लागि परिवार योजना अहिलेको आवश्यकता रहेको मध्यनजर गर्दै आजबाट दाङमा स्थायी बन्ध्याकरण शिविर शुरु भएको छ । जिल्लाको विभिन्न ६ स्थानमा आयोजना हुने शिविरमा स्थायी बन्ध्याकरण हुन लागेकाले सन्तानको रहर पुगेका दम्पतिले सेवा लिन सक्ने नेपाल परिवार नियोजन संघ दाङले जनाएको छ ।

आजबाट शुरु हुने शिविर आगामी मंसीर २७ गतेसम्म चल्नेछ । आजदेखि १६ गतेसम्म घोराहीको नेपाल परिवार नियोजन संघको कार्यालयमा, १८ र १९ गते राप्ती गाउँपालिकाको सिसहनियाँ स्वास्थ्य चौकीमा, २० र २१ गते गढवा स्वास्थ्य चौकीमा स्थायी बन्ध्याकरण हुन लागेको छ ।
यस्तै, २२ र २३ गते लमही अस्पतालमा, २५ र २६ गते तुलसीपुरको लाईफकेयर हस्पिटलमा र २७ गते बंगलाचुली अस्पतालमा शिविर आयोजना गरिएको परिवार नियोजन शाखा प्रबन्धक बसन्त खनालले जानकारी दिनुभयो ।

नेपाल परिवार नियोजन संघ,युएनएफपिए र स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा हुन लागेको स्थायी बन्ध्याकरण शिविरले पछिल्लो समय मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने गरी भई रहेको असुरक्षित गर्भपतन रोक्न र स्थायी बन्ध्याकरणको महत्वका बारेमा हरेक दम्पतिको बीचमा सचेतना फैलाउन भूमिका खेल्ने विश्वास लिइएको छ । पछिल्लो ३ वर्षमा दाङमा १ सय २४ जना पुरुष र २ सय ३० जना महिलाले स्थायी बन्ध्याकरण गराएका छन् ।।

https://www.vianet.com.np/
प्रकाशित मिति : २०७९ मङ्सिर १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्