२०७९ माघ २० गते शुक्रवार

बोहराको उपचारमा सहयोग गर्न अपिल



१३ मङ्सिर हुम्ला – आर्थिक अभावका कारण सिमिकोट गाउँपालिका २ की ३८ बर्षिय उमपुरी बोहरा उपचारमा समस्या भएको छ । प्यारालाइसिस रोगबाट पीडित बोहोरा आर्थिक अभावका कारण उपचार गर्न अस्पताल जान नसकेपछि १५ दिनदेखि ओछ्यानमै थला पर्नुभएको छ । एक्कासि प्यारालाइसी भएको थाहा पाएपछि जिल्ला अस्पताल हुम्लाले यता उपचार गर्न नसक्ने बताएपछि काठमाडौ बासबारी न्युरो अस्पतालमा उपचारको लागि उहाँलाई रिफर गरिएको छ ।

सुरुमा रोग पत्ता लगाउन र उपचारमा भौँतारिदा जिल्ला अस्पतालमा पुर्यायको पीडित बोहराको छोरा प्रेम बहादुर बोहराले बताउनुभयो । पीडित बोहरा को छोरा प्रेम बहादुर बोहरा/ बिकास बोहरा ले उपचार गर्ने खर्च नहुदा सहयोगको लागि जति सकिन्छ त्यति नै सहयोग गर्दिनको लागि अपिल गरेको बताए ।पैसा नभएपछि उहाँ बिस्तरामा थलिनुभएको छ ।

https://www.vianet.com.np/

उहाँलाई प्यारालाइसिस समस्या देखएिपछि बल्लतल्ल उपचार गराएकोमा अहिले पुनः बोहरालाई समस्या देखिएपछि यो परिवार समस्यामा परेको छ । पन्ध्र दिनदेखि ओछ्यानमा बिरामी बोहरा थलिएपछि उमपुरी बचाउ अभियान गरिरहनु भयको छ। सहयोग को लागि उहाँले खाता नम्बर समेत उपलब्ध गराइसक्नु भयको छ उहाँको खाता सिटिजन बैक रहेको छ खाता नम्बर 0260100001652041 बिकास बोहोरा (bikash bohora) मा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ ।

वडा सदस्य नेपालीको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले उहाँका छोराको मोवाईल नम्बर ९८४००५८८१७ मा सम्पर्क गरी आवश्यक सहयोगसमेत अपिल गरेका छन।

प्रकाशित मिति : २०७९ मङ्सिर १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्