२०८० चैत्र १६ गते शुक्रवार

पेस्तोल देखाएर त्रास फैलाउने युवक पक्राउ



७  भदौ,जाजरकोट –

पेस्तोल प्रदर्शन गरेर डर त्रास देखाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। रुकुम पश्चिमको आठविसकोट नगरपालिका-१३ भल्मा बस्ने अन्नत खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

पेस्तोल देखाएर त्रास फैलाउने युवक पक्राउ

गत भदौ ३ गते जाजरकोटको नलगाड नगरपालिका-१ कल्पतस्थित केटाकेटीले श्रीकृष्ण जन्माष्टमिको अवसरमा नाचगान गरिरहेको बेला अन्नत खत्री र रमेश मल्ल आई आफूसँग रहेको पेस्तोल देखाई डरत्रास देखाएका थिए ।

स्थानीयले नियन्त्रणमा लिन खोज्दा पेस्तोल सोही ठाउँमा छोडी भागेको सूचनाका आधारमा खोजतलास गर्ने क्रममा मंगलबार पक्राउ परेका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

कार्यालयमा दाखिला गरी हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान भई सोमबार नै जिल्ला अदादत जाजरकोटबाट पाँच दिनको म्याद थप लिई अनुसन्धान भई रहेको र फरार रहेका मल्लको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्