१२ मंसिर, घोराही-नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तोक्दै सुन र चाँदीकै मूल्य घटेको जानकारी दिएको हो ।तोलामा ३०० रूपैयाँले मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य ९७ हजार ५०० रूपैयाँ कायम छ ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९७ हजार रूपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८०० र तेजाबी सुनको मूल्य ९७ हजार ३०० रूपैयाँ थियो । यसैगरी, आज चाँदीको मूल्य समेत घटेको छ ।
महासंघले हिजोको तुलनामा आज प्रतितोला १० रूपैयाँले चाँदीको मूल्य घटेको जनाएको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रूपैयाँ कायम छ । जुन, हिजो आइतबार तोलामा १२ सय ९५ रूपैयाँ कायम थियो ।