२०७९ माघ २० गते शुक्रवार

विश्वकपमा मोरक्कोले बेल्जियमलाई हरायो



कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह एफको खेलमा मोरक्कोले बेल्जियमलाई हराएको छ ।  खेलको पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेपनि दोस्रो हाफमा मोरोक्कोले दुई गोल गर्‍यो  ।

मोरोक्कोका लागि साबिरी र जाकारियाले गोल गरेर टीमलाई माथि उठाए ।   यसअघि समूह चरणमा बेल्जियमले क्यानडालाई १-० गोलअन्तरले पराजित गरेको थियो भने मोरक्कोले क्रोयसियासँग बराबरी खेल खेलेको थियो ।

https://www.vianet.com.np/
यसअघि आजै भएको पहिलो खेलमा कोस्टारिकाले जापानलाई पराजित गरेको छ । अहमेद बिन अलि स्टेडियममा भएको खेलमा कोस्टारिकाले जापानलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

प्रकाशित मिति : २०७९ मङ्सिर ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस्