२०७९ माघ २० गते शुक्रवार

‘थप दायित्व बोध भएको छ’: निर्वाचित शर्मा



९ मंसिर,घोराही – दाङ क्षेत्र नम्बर २ बाट लोकतान्त्रीक गठबन्धनको तर्फ नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले थप दायित्व बोध भएको बताएकी छन् । शुक्रबार सो घोराही आयोजित विजय उत्सव समारोहलाई सम्बोधन गर्दै शर्माले आफूलाई मत दिने मतदाताप्रति आभार व्यक्त गर्दै जितबाट थप दायित्व बोध भएको बताएकी हुन् । उनले आफू सदैव जिल्लाको विकासका लागि आग्रणी भूमिकामा काम गर्ने जिकिर गरिन ।

साथै दाङबासीको शीर ठाडो हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले भनिन्, ‘हामीले जनतासँग प्रतिवद्धता गरेका कुरा पूरा गर्ने छौँ र दाङको विकास कसरी गर्न सकिन्छ भन्ने केन्द्रित हुनेछु ।’

https://www.vianet.com.np/

यस्तै, सोही क्षेत्र नम्बर १ र २ बाट प्रदेश सभा सदस्यमा निर्वातित कांग्रेसका नेता राज खनाल र प्रचण्ड विक्रम न्यौपाने गुण्र्टुले दाङवासीले दिएको मतको कदर हुने गरी काम गर्ने बताएका छन् । उनहरुले चुनाव जितेपछि पनि आफू पटक– पटक गाउँ फर्किने र जनताको गुनासो सुन्ने प्रतिवद्धता व्यक्त गरे । ‘यहाँबाट पाएको मायालाई भुल्ने छैनौँ । पाँच वर्षमा मात्र गाउँमा आउँछन् भन्ने जनताको गुनासो छ’, उनीहरुले भने, ‘हामी त्यो गुनासो आउन दिनेछैनौं’ ।

 

 

प्रकाशित मिति : २०७९ मङ्सिर ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्