२०७९ माघ २० गते शुक्रवार

स्कुल बसको ठक्करबाट घोराहीमा एक बालिकाको मृत्यु



७ मंसिर, दाङ-  दाङको घोराहीमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका –९ नयाँबस्ती निवासी शोभाराम विकको १३ महिनाकी छोरी पुष्पा बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन गौतमले जानकारी दिनुभयो ।

हिजो (मंगलबार) नारायणपुरबाट विद्यार्थीलाई छोड्न गएको बाल प्रतिभा इंग्लिस बोर्डिङ स्कुलको अनटेष्ट बसको ठक्करबाट बालिकाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । बालिकालाई ठक्कर दिए  लगत्तै भागेका चालकको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

https://www.vianet.com.np/
प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्