२०७९ माघ २० गते शुक्रवार

सल्यानमा ४० मतदानस्थल अति संवेदनशील



२९ कात्तिक,सल्यान- दुई अस्थायीसहित १ सय १९ मतदानस्थल रहेको सल्यानमा ४० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा परेका छन् । जिल्लाको भौगोलिक विकटताका र दुर्गमताको आधारमा ४० मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका हुन् । जिल्लाका १० स्थानीय तहका सबै क्षेत्रका मतदानस्थल अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए । दुर्गम, विवादित क्षेत्र, असुरक्षालगायतलाई आधार मानेर अति संवेदनशील र संवेदनशील मतदानस्थल छुट्याइएको उनले जानकारी दिए । उनका अनुसार १ सय १९ मतदानस्थलमध्ये ६१ संवेदनशील रहेका छन् भने १८ मात्र सामान्य रहेका छन् ।

निर्वाचनको समयमा अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलमा सुरक्षाका लागि त्यहि किसिमले सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । ‘सामान्यमा १०, संवेदनशीलमा १५ र अति संवेदनशील मतदानस्थलमा १८ देखि २० जनासम्म सुरक्षाकर्मी खटाइनेछ,’ उनले भने । जिल्लाका ४० अति संवेदनशील र ६१ संवेदनशील मतदानस्थल भए पनि अहिलेसम्म त्यस्तो समस्या भने नभएको उनको भनाइ छ ।

https://www.vianet.com.np/

जिल्लामा १० स्थानीय तहमा कुन पालिकामा कति भनेर खुलाउन नसके पनि सबै पालिकाका मतदानस्थललाई अति संवेदनशील र संवेदनशीलको सूचीमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक दामोदर केसीले बताए ।

अति संवेदनशील र संवेदनशील मतदानस्थलमा सामान्यभन्दा बढी सुरक्षाकर्मी पठाउने तयारी भैरहेको र जिल्लाभरका लागि १ हजार ९ सय ५० सुरक्षाकर्मीको व्यवस्था गरिएको उनले जानकारी गराए । कान्तिपुरबाट साभार

प्रकाशित मिति : २०७९ कार्तिक २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्