२०७९ माघ २० गते शुक्रवार

हुम्लाका गाउँघरमा चुनावी रौनक



२३ कात्तिक, हुम्ला – आगामी मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि दलका नेता र कार्यकर्ता उम्मेदवारसहित चुनावी अभियानमा जुटेका छन्। प्रदेश र प्रतिनिधि सभाका सिट आफ्नो पक्षमा पार्न उम्मेदवारसहित नेता कार्यकर्ता गाउँटोलको भेटघाट कार्यमा लागेका हुन। इन्टरनेट पहुँच नभएका कर्णालीका केही क्षेत्रबाहेक देशभरबाट प्रतिनिधिसभा सदस्यका लागि २,४९४ र प्रदेश सभा सदस्यका लागि ३,४२३ को उम्मेदवारी परेको छ ।
दुवैतर्फ गरी महिला उम्मेदवारको संख्या पाँच सय २८ मात्रै छ, जुन करिब नौ प्रतिशत हो । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ भने नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी एक्लै मैदानमा उत्रिएका छन्। पाँच वर्षदेखि गाउँ नछिरेका नेता उम्मेदवारी दिएसँगै आफ्नो पक्षमा जितको माहोल बनाउन जनतामाझ जान थालेका छन्। नेकपा (एमाले) ले गाउँ अभियान थालेको छ। सत्ता गठबन्धन दल वाम लोकतान्त्रिकका नेता कार्यकर्ता पालिकास्तरमा प्रशिक्षणको कार्यक्रम तय गरेर गाउँ अभियानमा जान थालेका छन्।
वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवम् हुम्लाको साझा गठबन्धनका प्रतिनिधि सभाका उम्मेदवार छिरिङ डम्डुल लामा ( कार्चेन ) नेकपा (एमाले) का केन्द्रीय कर्णाली प्रदेशको पहिलो सामाजिक बिकास मन्त्रालयका पुर्ब मन्त्री नेकपा एमालेका हुम्लाको प्रतिनिधि सभाका उम्मेदवार माननीय दल रावल , नेपाल कम्युनिस्ट पार्टी एमाले का प्रदेश नम्बर क का उम्मेदवार दल फडेरा प्रदेश नम्बर ख का उम्मेदवार छक्क बहादुर लामा रहनु भयको छ।
स्वतन्त्र उम्मेदवार मङ्गल बहादुर शाही र ने क पा एकीकृत समाजबादिका केन्द्रिय सदस्य एबम हुम्लाको सह इन्चार्ज हस्त बहादुर शाही चुनावी मैदानमा हुनुहुन्छ सत्ता गठबन्धन दलले हुम्लाको सातवटै गाउँ पालिकाका अगुवा कार्यकर्ता, भ्रातृ सङ्गठनसँग पालिकास्तरीय कार्यक्रम गर्ने भएको छ। वाम लोकतान्तिक गठबन्धनअन्तर्गतका दलले अगुवा कार्यकर्तासँग छलफल गर्ने भएको छन्।
हुम्लामा प्रदेश सभाका लागि प्रदेश क बाट नेकपा माओवादी केन्द्र बाट माओवादी केन्द्रका केन्द्रिय सदस्य साझा गठबन्धनका उम्मेदवार रणसिह परियार प्रदेश सभाका लागि प्रदेश ख बाट नेपाली काङ्ग्रेसबाट नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् कर्णाली प्रदेशको मुख्य मन्त्री जीवन बहादुर शाहीले सिट पाउनु भएको छ भने नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभा सदस्यको सिट पाएको छ। सत्ता गठबन्धन नेकपा (माओवादी केन्द्र) का पोलिट्ब्युरो सदस्य कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका माननीय छिरिङ डम्डुल लामा कार्चेन लामा बन्नु भएको छ।
👍

प्रकाशित मिति : २०७९ कार्तिक २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्