२०७९ साउन २६ गते बिहिवार

घोराहीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला



१७ साउन,घोराही – दाङमा बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको छ । आज बिहान ६ बजे घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित अटो भिलेज जाने बाटो छेउमाअन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार मृत अवस्थामा फेला परेका पुरुषको नाम ठेगाना खुलेको छैन् । उनको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।।

प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्