२०७९ साउन २६ गते बिहिवार

भाइरल ज्वरो देखिए पछि राप्तीका विद्यालय सात दिन बन्द



१७ साउन,भालुवाङ – विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थाले पछि राप्ती गाउँपालिकाका सवै विद्यालय ७ दिनका लागि बन्द गरिएको छ । मंगलबार राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा भाइरल ज्वरोको संक्रमण बढेको भन्दै साउन १८ गते देखि साउन २४ गते सम्म ७ दिनका लागि विद्यालयहरू बन्द गर्ने निर्णय भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिएका छन् ।

साथै हिउँदे र वर्षे विदाबाट कट्टी हुने गरी सवै विद्यालयहरु बन्द गरिएको शाखा प्रमुख विकले जानकारी दिएका छन् । साथै उक्त निर्णय कार्यन्यवन गर्न सवै विद्यालयलाई आग्रह समेत गरिएको जारी सुचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्